देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भक्तपुर अस्पतालमा आरडिटी पोजिटिभ आएकी सुत्‍केरीको मृत्यु

देशान्तर

काठमाण्डौ । भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ। सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका(३ घर भई हाल चाँगुनारायण नगरपालिका(३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो।

सुत्केरी भएको आधा घण्टापछि महिलाको मृत्यु भएपछि अस्पतालको सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ। महिलालाई खोकी लागेको र श्वासप्रश्वासमा पनि समस्या रहेको पाइएको अस्पतालका स्वास्थ्यकर्मीले जनाएका छन्। महिलाको आरडिटी परीक्षणमा कोरोना भाइरस पोजिटिभ आएको थियो।

आइतबार राति करिब ९ बजे स्वाब लिइ पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको छ। अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा। सुमित्रा गौतमले सुत्केरी महिलाको मृत्यु भए पनि पीसीआर रिपोर्ट नआएसम्म केही भन्न नसकिने जानकारी दिए।