देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रुपन्देहीमा थपिए २० संक्रमित

देशान्तर

रुपन्देही । रुपन्देहीमा थप २० जनामा काेराेनाभाइरस संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार लुम्बिनी साँस्कृतिक नगरपालिकाका १८ र मायादेवि गाउँपालिकाका २ गरी २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

कार्यालयका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाका १७ देखि ४५ बर्ष उमेर समूहका १७ जना पुरुष र ३४ वर्षीया १ महिला गरी १८ जना संक्रमित थपिएका हुन्। त्यसैगरी मायादेवी गाउँपालिकाका १२ वर्षका एकजना बालक र ३५ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो।

यसअघि सोमबार तिलोत्तमा नगरपालिकामा तीन जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। यो संगै रूपन्देहीमा संक्रमितको संख्या १ सय ३९ पुगेको छ।