देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तिलोत्तमा-१० कान्छीबजारमा पाँचजनाको हत्या

देशान्तर

रूपन्देहीमा पाँचजनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा पाँचजनाको हत्या भएको हो ।

स्थानीय कृष्ण पुनको भैँसी फर्ममा काम गर्ने सुर्खेतका धसेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने पाँच अन्य कामदारको हत्या गरी फरार भएको प्रारम्भिक जानकारी आएको प्रहरीले बताएको छ । फरार भएका हत्या आराेपी सिंजालीलाई प्रहरीले मंगलबार बिहान तिलोत्तमा–१० बाट पक्राउ गरेकाे छ ।

मृतकहरु को–को हुन् भन्ने खुलेको छैन । गोठमा काम गर्ने पाँचजनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।