देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधान संशोधन विधेयकमाथि छलफल आजदेखि

देशान्तर

काठमाडौं ।  प्रतिनिधिसभामा आजदेखि संविधान संशोधन विधेयकमाथि छलफल शुरु हुने भएको छ । विहान ११ बजेपछि नयाँ बानेश्वरमा बस्ने बैठकमा संविधान संशोधन विधेयक पेश हुने छ ।

संसद् सचिवालयले आजका लागि जारी गरेको कार्यसूचीमा कानुनमन्त्री डा. शिबमाया तुम्बाहाम्फेले संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्नुहुने छ ।

संघीय संसद सचिवालयले जेठ १९ गते राजपत्र र २० गते गोरखापत्रमा सर्वसाधरणको जानकारीका लागि संविधान संशोधन विधेयक सार्वजनिक गरेको थियो ।

सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो ।

निशान छापमा प्रयोग भएको देशको नक्सा नै त्रुटीपूर्ण रहेपछि सरकारले संविधान संशोधन विधेयक जेठ ९ गते दर्ता गरेको थियो ।

आज संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएमा सांसदहरुलाई संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइनेछ । त्यसपछि आएका संशोधनमाथि संसदमा छलफल हुनेछ ।

संविधान संशोधन प्रस्ताव छलफल शुरुहुनु अघि आर्थिक बर्ष २०७७–०७८ को विनियोजित बजेट माथि मन्त्रीहरुले जवाफ दिने छन् ।