देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अपडेट : तिलाेत्तमा १० मैनहवामा ५ जनाकाे हत्या (नामसहित)

देशान्तर

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवा गाउँमा रहेको गंगादेवी पशु फर्मम कार्यरत एक व्यक्तिले आफ्नै पाँच जना साथीको हत्या गरेका छन् ।

स्थानीय कृष्णबहादुर पुनको पशु फर्ममा काम गर्ने सुर्खेतका झसेन्द्र सिंजालीले आफुसँगै काम गर्ने साथीहरुको हत्या गरेका हुन ।

चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय जानकी मुसहर, पोखराज मुसहर, करन चौधरी, आशिस चौधरी र रुपन्देही मुर्गियाका माधव मुसहर रहेका छन् ।

मदिरा सेवन गरेका झसेन्द्रले कोदालो प्रहार गरी पाँचै जनाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्यामा सग्लन सिंजालीलाई प्रहरीले तिलोत्तमा दशवाट पक्राउ गरेको छ । हत्याको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।