देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाँकेको आइसोलेसन सेन्टरबाट एक जना कोरोना संक्रमित भागे

देशान्तर

बाँके । बाँके जिल्लाको एक आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमित भागेका छन्। जिल्लाको जानकी गाउँपालिकाको श्री माध्यमिक विद्यालयमा बनाइएको आइसोलेसन सेन्टरमा रहेका एक जना संक्रमित भागेका हुन्।

नेपालगञ्जका ती संक्रमितको खोजी कार्य भइरहेको जिल्ला जस्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। फरार भएका संक्रमित गत जेठ ९ गते भारतबाट नेपाल आएका थिए। उनको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो।