देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१० अर्ब कहाँ खर्च भयो हिसाब चाहिन्छ : गगन थापा

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार चुकेको भन्दै प्रतिनिधि सभाको बैठकको सुरूवातमै अवरोध खडा गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठक प्रारम्भ भएलगत्तै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध जनाएपछि सभामुख सापकोटाले विमतिको विषय राख्न ५ मिनेटको समय दिए ।

लगत्तै नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कोरोनाले मृत्यु भएका मानिसको संख्या लुकाएको इंकित गर्दै क्वारेन्टाइन मान्छे मार्ने केन्द्रको रूपमा विकसित भएको टिप्पणी गरे ।

वर्तमान सरकारले कोरोना भाइरस नियन्त्रण पार लगाउन नसक्ने बताउँदै थापाले भने, ‘१० अर्ब खर्च कहाँ भयो अब हामीलाई हिसाब चाहिन्छ,’ उनले भने, ‘५ वटा पीसीआर मेसिन किन्ने र २५ हजार वटा जम्मा किट किनेर १० अर्बको हिसाब किताब देखाउन पर्दैन ?’

महामारीका बेलाको भ्रष्टाचार निर्लज्जताको पराकाष्ठा भएको उनको टिप्पणी छ ।