देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दूरसञ्चार सेवाको पहुँच नभएको ठाउँमा सेवा पुर्‍याइने : सञ्चारमन्त्री खतिवडा

देशान्तर

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दूरसञ्चार सेवाको पहुँच नभएको ठाउँमा पहुँच पुर्‍याउन सरकारले कार्यक्रम अघि बढाएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री खतिवडाले मुगु, दार्चुला, हुम्ला तथा गोरखा लगायत दूरसञ्चार सेवाको पहुँच नपुगेका ठाउँमा सेवा सुचारु गर्न काम अघि बढेको बताएका हुन् ।

दूरसञ्चार सेवाको पहुँच नपुगेका जिल्लामा टावरहरु निर्माण गर्ने, बिग्रेका भत्केका टावरहरु निर्माण गर्ने र फोरजीका टावरहरु पनि क्रमश विस्तार गर्दै जाने गरी सरकारले काम अघि बढाएको उनले बताए ।

त्यस्तै सञ्चार सुविधा नपुगेको सशस्त्र प्रहरीको बिओपी स्थापना भएको ठाउँमा पनि त्यस समस्यालाई छिटै समाधान गर्ने खतिवडाले जानकारी दिए ।