देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्णालीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडाैँ । कर्णाली प्रदेशका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यानमा १३, सुर्खेतमा ५ र जुम्लामा २ जनामा कोरोना पुष्टि भएको हो ।

महाशाखाका प्रमुख डा. लक्षीनारायण तिवारीका अनुसार सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणको क्रममा उनीहरूको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको हो ।

संक्रमितहरूमध्ये एक सुर्खेत विरेन्द्रनगर नगरपालिका– १२ का २ वर्षीय बालक पनि छन् । आज थप भएका २० जनासहित कर्णाली प्रदेशमा कूल ६७१ जनासंक्रमित रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।