देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसईईबारे जेठ महिनाभित्र निर्णय हुन्छ : शिक्षामन्त्री पोखरेल

देशान्तर

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जेठ महिनाभित्र एसईईबारे निर्णय गर्ने बताएका छन् । कोरोनाको संक्रमण रोक्न लक डाउन गर्दा प्रभावित भएको एसईई परिक्षालाई के गर्ने भन्नेबारे केही दिनभित्रै निर्णय लिने बताएका हुन् ।

गएको चैत ७ गतेदेखि तोकिएको एसईई परिक्षा १२ घण्टाअघि सरकारले कोरोना संक्रमण रोक्न भन्दै स्थगित गरेको थियो। जेठ ३२ गतेसम्म लक डाउन कायम रहेकाले त्यस लगत्तै सरकारले एसईई निर्णय गर्ने उल्लेख गरे। मन्त्री पोखरेलले एसईईबारे तीवटा विकल्पमा छलफल भइरहेको जानकारी दिए।

उनले भने, ‘एसईईबारे तीनवटा विकल्पमा छलफल भइरहेको छ। पहिलो खारेज गर्ने, दोस्रो अघिल्ला परिक्षाका आधारमा विद्यालयमै व्यवस्थापन गर्ने र तेस्रो राष्ट्रिय परिक्षा बोर्डले प्रमाणित गरिदिने विषयमा छलफल गरिरहेका छौं।’ उनले एसईईका विषयमा कानुनी जटिलता रहेकोसमेत बताए।