देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषद् आज, लकडाउनबारे निर्णय हुन सक्ने

देशान्तर

लकडाउन खुकुलो पार्ने प्रस्तावमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो दुई बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

मंगलबार साँझ नै मन्त्रिपरिषद बैठक बोलाइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले तयार गरेको लकडाउन खुकुलो बनाउने प्रस्ताव आजको मन्त्रिपरिषद बैठकमा पेश हुने बताइएको छ ।

अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याउनसमितिलाई निर्देशन दिएका थिए । चैत ११ गतेदेखि जारी लकडाउन जेठ ३२ गते सकिदैछ । असार एक गतेदेखि लकडाउन चरणबद्ध रुपमा खुकुलो बनाउने सरकारको तयारी छ ।