नेपाली काँग्रेसका नेता तथा भारतका लागि नेपालका पूर्व राजदूत दीपकुमार उपाध्यायले कपिलवस्तुमा क्रियाशिल ६० जना पत्रकारहरुको कोरोना वीमा गरिदिएका छन् ।
काेराेना महामारीबेला फ्रन्टलाइनमा खटिने पत्रकारहरुकाे १ लाख रुपैयाँ बराबरकाे काेराेना बीमा गरेका हुन् ।
नेपाल प्रेस यूनियन कपिलवस्तुको संयोजनमा नेता उपाध्यायले शिखर ईन्सुरेन्स कम्पनी लिमिटेडमा यहाँ क्रियाशील ६० जना पत्रकारहरुको बीमा रकम उपलब्ध गराएका हुन् ।
यूनियनले तौलिहवामा आयोजना गरेको कार्यक्रममा नेता उपाध्यायले विमाको वोण्ड पेपर नेपाल प्रेस युनियन कपिलवस्तुका सभापति गोपाल भण्डारीलाई हस्तान्तरण गरेका थिए ।
कोरोना संक्रमणको समाचार फ्रन्ट लाईनमा बसेर संकलन तथा संप्रेषण गर्ने पत्रकारहरुकाे जाेखिम कम गर्नका लागि र भविष्यमा पर्नसक्ने अप्ठेराेलाई मध्यनजर गरेर आफूले काेराेना बीमा गरिदिएकाे जानकारी दिए ।
नेता उपाध्यायले कोरोना संक्रमणका बेला जिल्लाका पत्रकारहरुको बीमा गरि दिएको प्रति नेपाल प्रेसका सभापति भण्डारी, पूर्व सभापति सरोज अर्याल र नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुषालले धन्यवाद ज्ञापन गरेका थिए ।





प्रतिक्रिया