देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अर्घाखाँचीको क्वारेन्टिनमा एक जनाको मृत्यु

देशान्तर

बुटवल । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बिरामी परेका एक जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ५७ बर्षका यमप्रसाद खनालको बुटवलमा उपचार गराएर फर्किने क्रममा मृत्यु भएको हो । उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।

स्वासप्रश्वासमा समस्या आएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको थियो । उपचार गरेर घर फर्कदै गरेका उनको गोरुसिंगे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा बुधबार मृत्यु भएको स्थानीय गोकुल रिजालले जानकारी दिएका हुन् । उनको जेठ २१ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको तर रिपोर्ट आइनसकेको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।