देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बारामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका स्थित क्वारेन्टिनमा बस्दै आएका ८ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ। नगरपालिकाको कंकालिनी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हाे।

संक्रमित सबै जना पुरुषहरु हुन् । भारतबाट फर्केर  क्वारेन्टिनमा बस्दै आएका १२, १९, २३, ३५, ३८, ४० र २७ वर्षका दुई जना गरी आठ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ। उनीहरुको गत जेठ २२ गते स्वाब संकलन गरि हेटौंडा स्थित प्रयोगशालामा पठाइएकोमा त्यहा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो ।