देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनसम्पर्क समिति समन्वय विभागले भन्यो- ‘चार्टर्ड उडानमा चर्को शुल्क लिने र अनुमति दिनेलाई कारबाही गरियोस्’

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चार्टर्ड उडानमा चर्को शुल्क लिने र अनुमति दिनेलाई कारबाही गर्न माग गरेको छ ।

नेपाली कांग्रेस निकट जनसम्पर्क समिति समन्वय विभागले कोरोना भाइरसको विश्वव्यापी महाव्याधीले विश्वभरी नै असर गरिरहेका बेला केही निजी ट्राभल्स कम्पनी पोस्ने मनसायले सरकारले सिन्डिकेट खडा गरेर नेपाल वायु सेवा निगमको जहाज चार्टर्ड उडान गरेको आरोप लगाएको छ ।

नेपाली काँग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमुख  गोविन्द भट्टराईले एक विज्ञप्ति जारी गरि कोरोनाको महामारीमा महङ्गो शुल्क लिने र अनुमति दिनेमाथि छानविन गरी कारबाही गर्न माग गरेका हुन् । उनले मानिसहरुले रोजगारी गुमाएको र पेशा/व्यवसाय संकटमा परेको अहिलेको अवस्थामा सरकारले नै सक्रियता देखाएर सस्तोमा उडान गर्नुपर्ने माग पनि गरेका छन् ।

‘नेपाल वायु सेवा निगमको चार्टर्ड उडान कुन कार्यविधि अनुसार कुन कुन कम्पनीलाई के आधारमा दिएको हो ? त्यसको तत्काल सार्वजनिक गरी महङगो भाडा लिएका ट्राभल्स एजेन्सीमाथि छानविन गरी कारबाही प्रक्रिया अघि बडाइयोस,’ विज्ञप्तीमा भनिएको छ ।