देशका ७७ जिल्लामध्ये अहिलेसम्म पाँचवटा जिल्लामात्रै कोरोनामुक्त रहेका छन् ।
तीनवटा हिमाली र दुईवटा उच्च पहाडी जिल्लाबाहेक अन्य जिल्ला भने कोरोनाको कहरमा छन् ।
यतिबेला नेपालका ७२ वटा जिल्ला कोरोना महामारीसँग जुधिरहेका छन् । बाँकी पाँचवटा भने जिल्लाभित्र कोरोनालाई प्रवेश निषेध गर्न अहोरात्र लागिपरेका छन् ।
७७ जिल्लामध्ये ७२ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ भने पाँचवटा जिल्लामा काेराेना प्रवेश भएकाे छैन ।
पहाडी जिल्ला इलाम, संखुवासभा, तेह्रथुम, सोलुखुम्बुमा फाट्टफुट्ट एक-दुईजनामा संक्रमण देखिन थालेको छ ।
तर, ताप्लेजुङ, ओखलढुंगा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँचवटा जिल्ला कोरोना प्रवेश भएकाे छैन।





प्रतिक्रिया