देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ट्र्याक्टरले च्याप्दा एक जनाको मृत्यु

देशान्तर

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बुधबार राति ट्र्याक्टरले च्याप्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीय पञ्चराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बालुवा, ढुङ्गा लोड गर्ने क्रममा अनटेष्ट ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरले च्याप्दा सोही ट्र्याक्टरमा काम गर्ने गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

यसैगरी बुधबार राति नै पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीमा बा१९च ४८०४ नंको स्कोरपियोको ठक्करबाट आठ वर्षीय बालक घाइते भएका छन् । घाइते हुनेमा आठ वर्षीय रोशन सुनार रहेका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।