देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवाटारमा प्रदर्शन गर्नेलाई अश्रुग्यास र पानीको फोहोरा

देशान्तर

काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा सरकार चुकेको भन्दै प्रदर्शनमा उत्रिएको समूहलाई प्रहरीले लखेटेको छ। बालुवाटार तथा प्रहरी प्रधान कार्यालय आसपासको क्षेत्रमा प्रदर्शनमा उत्रिएकाहरुमाथि पानीको फोहोरा, अश्रुग्यास र लाठी हानिएको छ।

सरकारले कोरोनाभाइरस नियन्त्रण प्रभावकारी बनाउन नसक्दा समस्या जटिल बन्दै गएको भन्दै स्वत:फूर्त प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले आज पनि बल प्रयोग गरेको हो। विभिन्‍न प्लेकार्डसहित आन्दोलित उनीहरुमाथि प्रहरीले पानीको फोहोराले हान्‍नुका साथै अश्रुग्यास र लाठी पनि प्रहार गरेको थियो।

प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र लाठी प्रहार गरेपछि प्रदर्शनकारीहरु भागेका थिए। यसअघि पनि त्यही स्थानमा प्रदर्शन भएको थियो। सरकारले कोरोना नियन्त्रणमा १० अर्ब भन्दा धेरै खर्च गरेको बताए पनि दिनप्रतिदिन संक्रमित बढ्दै गएपछि आलोचना भइरहेको छ।