देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कुवेतमा रहेका महिला श्रमिकहरु पहिलो फ्लाइटबाट काठमाडौं आइपुगे

देशान्तर

काठमाडौं । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिला श्रमिकहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।

विमानस्थल स्रोतका अनुसार १५० जना पहिलो फ्लाइटबाट काठमाडौं आइपुगेका हुन्। उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो ।
कुवेतबाट नै अर्को एउटा फ्लाइटबाट पनि बिहीबारै नेपालीहरु काठमाडौं आउँदैछन् ।