काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बैंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
कोरोना महामारी रोकथामका लागि सुरक्षाको लागि भन्दै सरकारले कर्मचारीबीच भौतिक दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।
प्रवक्ता डा. खतिवडाले असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने निर्णय भएको बताएका छन् ।
उनले आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि भिडभाड नहोस् र सडकमा समेत भिड नहोस् भनेर दुई सिफ्टमा सञ्चालन गर्न लागिएको बताए ।





प्रतिक्रिया