देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राहत माग्न आएकालाई वडाध्यक्षले नै खुकरी प्रहार  गरेपछि…

देशान्तर

रोल्पामा राहत माग्न गएका स्थानीयलाई राहतकाे सट्टा खुकुरी प्रहार गरी घाइते बनाएर पठाइएकाे छ ।

जिल्लाको रुन्टीगढी गाउँपालिका–९ का वडाध्यक्ष नेपबहादुर थापाले बुधबार साँझ त्यसै वडाका स्थानीय गुरु प्रसाद थापामाथि खुकुरी प्रहार गरेका हुन् ।

लकडाउनका कारण दैनिकी चलाउन गाह्रो भएको भन्दै मजदुर मानसिङ थापासहित त्यहाँ पुगेका आफूहरुले वडा कार्यालयबाट राहत पाउनुपर्ने माग गरेपछि वडाध्यक्षले सुरुमा मानसिङलाई मुक्का प्रहार गरेको र छुटाउन जाँदा आफू माथि वडाध्यक्षले खुकुरी प्रहार गरेको घाइते गुरुप्रसाद थापाले जानकारी दिए ।

गुरुप्रसाद र मानसिङलाई बचाउन जाँदा छिमेकी ग्वाता थापा समेत घाइते भएका छन्। घुँडामा गहिरो चोट लागेका थापाको अहिले होलेरीस्थित एक निजी क्लिनिकमा उपचार भइरहेको छ ।

वडाध्यक्ष थापाले मोबाइल फोन समेत खोसेर १५ हजार रुपैयाँमा जबरजस्ती मिलापत्र गर्न बाध्य पारेको पीडितको भनाइ छ ।

मिलापत्र नगरी उपचार गर्न नजानू भनेका थिए’, पीडित थापाले भन्नुभयो, ‘तर गम्भीर चोट लागेकाले उपचार गर्न आएँ ।’ उपचारपछि पीडित थापाले इलाका प्रहरी कार्यालय होलेरीमा उजुरी गर्ने बताएका छन् । वडाध्यक्ष थापा तत्कालिन एमालेबाट निर्वाचित भएका हुन् ।