पोखरा । गण्डकीमा शुक्रबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहानमात्रै ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो त्यस्तै, प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै नवलपुरमा ४ जना संक्रमित थपिएको जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा १८, ३२, ५८ र ५९ का ४ जना पुरुष छन् । संक्रमितलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा राखिएको छ। मनाङ र मुस्ताङबाहेक बाँकी सबै ९ जिल्लामा कोरोना संक्रमित थपिएका छन् ।
अहिलेसम्म गण्डकीमा ११ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये स्याङ्जाका १ जनाको मृत्यु भएको छ । त्यस्तै, संक्रमितको संख्या १९२ पुगेको छ ।





प्रतिक्रिया