देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धादिङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

धादिङ । धादिङमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ। सिद्धलेक गाउँपालिका–२ का ३८ वर्षीय पुरुषमा आज संक्रमणको पुष्टि हो। भारतबाट आएका उनी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका छन्।

जेठ २७ मा स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएकोमा पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिए। तीनजना निको भएर घर फर्किसकेका छन्।