धनगढी । सरकारलाई खबरदारी गर्दै धनगढीमा पनि प्रदर्शन गरिएको छ। कोरोना भाइरसको रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रदर्शन गरिएको हो।
‘प्रदेश सरकार तिम्रो पाराले, दुख पायो साराले’, ‘कोरोना मौलायो, हाम्रो सरकार बौलायो’, ‘सरकार कि त जाग कि त भाग’, ‘सासंदको भत्ता पाक्ने, नागरिकको भात नपाक्ने’, ‘सरकारलाई जिमखाना नागरिकलाई छैन खाना’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित सरकारका विरुद्ध प्रदर्शन गरिएको हो।
आरडिटी बन्द गरेर शत प्रतिशत कोरोना परीक्षण पिसीआर विधिबाट गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनपर्ने, कोरोना रोकथामका लागि सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्ने लगायतको माग राख्दै स्वस्फूर्त प्रदर्शन गरिएको हो।





प्रतिक्रिया