देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जबरजस्ती नेपाल प्रवेश गर्ने क्रममा सर्लाहीमा झडप, सशस्त्रद्वारा गोली प्रहार

देशान्तर

काठमाडौं । सर्लाहीमा १५० जनाभन्दा बढीको संख्यामा रहेका भारतीय समूहले जबरजस्ती नेपाल प्रवेश गर्ने क्रममा झडप भएको छ । भारतीय समूहले सशस्त्र प्रहरी बलको हतियार खोसेपछि झडप भएको हो ।

संग्रामपुरस्थित बोर्डर आउट पोस्ट बीओपी मा आएर भारतीय पक्षले विवाद सुरु गरेका थिए । नेपाल प्रवेश गर्ने क्रममा उनीहरूलाई रोक्न खोजेपछि सशस्त्रको टोलीमाथी आक्रमण गरेको प्रवक्ता एवं डीआईजी प्रवीणकुमार श्रेष्ठले जानकारी दिए ।

सो क्रममा सशस्त्र प्रहरीको टोलीले १० राउन्ड हवाई फायर गरेको थियो । घेरा हालेर सशस्त्र प्रहरीको हतियारै खोसेर लगेपछि आफूहरूले एक राउन्ड गोलीसमेत चलाएका सशस्त्रका एक उच्च अधिकारीले बताए । सो क्रममा एकजनालाई गोली लागेको र उनको भारतीय अस्पतालमा मृत्यु भएको अपुष्ट खबर पाएको ती अधिकारीले बताए । एकजनालाई नियन्त्रणमा समेत लिइएको छ .