काठमाण्डौ – विदेशमा अलपत्र रहेका नेपालीको उद्धार सुरु भएसँगै त्रिभुवन विमानस्थलमा चहलपहल बढेको छ । केही दिनदेखि अन्तर्राष्ट्रियसँगै आन्तरिकतर्फको उडान र अवतरण पनि थपिएको छ । अन्तर्राष्ट्रिय र आन्तरिक उडानतर्फ पनि अनुमति लिएर चार्टर्ड उडान हुने क्रम बढेको विमानस्थल कार्यालयले जनाएको छ ।
लकडाउन लम्बिएपछि अलपत्र परेकाहरुलाई जहाजमार्फत चार्टर्ड गरेर लैजाने र ल्याउने क्रमसँगै विमानस्थलमा चाप बढेको हो । आउँदो आइतबारदेखि उडान अझै बढ्ने त्रिभुवन विमानस्थलले जनाएको छ ।
सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई चरणबद्ध रुपमा ल्याइरहेको छ । यो क्रम आइतबारदेखि अझै बढ्ने भएकोले उडान सङ्ख्या पनि बढ्ने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार केही दिनदेखि उडान अवतरण बढेको छ ।





प्रतिक्रिया