देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जोरबिजोर नियम पालना नगर्ने १४९ गाडी प्रहरीको नियन्त्रणमा

देशान्तर

काठमाडौ । प्रहरीले जोरबिजोर नियम पालना नगर्ने १४९ वटा निजी गाडीलाई नियन्त्रणमा लिएको छ ।

आज बिहानदेखि अहिलेसम्म एक सय ४९ वटा गाडीलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । शुक्रबारदेखि काठमाण्डौ उपत्यकामा लकडाउन खुकुलो पार्दै सरकारले निजी गाडीमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

जोर बारका दिन जोर नम्बर प्लेटका गाडी र बिजोर बारका दिन बिजोर नम्बर प्लेटका गाडी मात्र चलाउन पाइने छ । यस्तै यसरी चलाउने गाडीमा चालकबाहेक दुई जनामात्रै यात्रा गर्न पाउनेछन् ।

दुई पाङ्ग्रे गाडीमा भने जोरबिजोर प्रणाली लागू हुने छैन । तर दुई पाङ्ग्रेमा एक जनामात्रै यात्रा गर्न पाउनेछन् ।