काठमाडौँ । सरकारले यूएईबाट पहिलो चरणमा चारवटा उडानमार्फत नेपालीलाई स्वदेश फर्काउने भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार असार २ र ४ गते दुबईबाट नेपाल एयरलाइन्सले उडान भर्ने छ भने असार ६ र ८ गते हिमालयन एयरलाइन्सले आबुधावीबाट उडान भर्ने छ ।
स्वदेश फर्कन चाहनेहरुको आवेदनहरुमध्ये प्राथमिकता छुट्टयाएर सूचि प्रकाशन गर्ने र पहिलो प्राथमिकतामा परेकाले समयमा टिकट नकाटे अन्यलाई अवसर दिइने दूतावासले जनाएको छ ।
सरकारले स्वदेश फर्कन चाहने नेपालीले हवाई टिकट आफै काट्नुपर्ने निर्णय गरेको छ । यूएईबाट नेपाल आउने हवाई उडान भाडा ५ सय अमेरिकन डलर तोकिएको छ ।
दोस्रो चरणको उडानको सूचि पछि प्रकाशित गरिने दूतावासले जनाएको छ। यसअघि यूएईबाट एक सय ६८ जना आइसकेका छन्। उनीहरुलाई सम्बन्धित कम्पनीले नै टिकट काटेर पठाएको हो । कुवेतबाट २ सय ९९ र म्यानमारबाट २६ जना स्वदेश फर्किएका छन् ।





प्रतिक्रिया