देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बारामा आगलागी भयो सात घर जलेर नष्ट

देशान्तर

वीरगञ्ज । बाराको कलैयास्थित मोतीबागमा शुक्रबार आगलागी हुँदा सात वटा फुसको घर जलेका छन् । बाराका डीएसपी गौतम मिश्रका अनुसार कलैया उपमहानगरपालिका–३ मोतीबागमा आगलागी हुँदा स्थानीय बेलदार माझी, बच्चा माझी, सन्तोष माझी, मनु माझी, महादेव माझी, बिकल माझी र खेनारी माझीको खरले छाएको घर जलेर नष्ट भएको हो ।

बेलदार माझीको खाना पकाउने चुलोबाट आगलागी हुँदा सात घर जलेर क्षति भएको उनले बताए । आगलागीबाट भण्डारण गरी राखेको अन्नपात, भाँडावर्तन, लत्ताकपडा गरी करिब एक लाख ५० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको उनले बताए ।

प्रहरीको सहयोगमा कलैया उपमहानगरपालिकाको दमकलले करिब आधा घण्टाको समयमा आगलागी नियन्त्रणमा लिएको उनले बताए