देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सङ्घीय संसद सचिवालयको सचिव पदमा खड्काको बढुवा

देशान्तर

काठमाडौँ । सङ्घीय संसद सचिवालयको रिक्त सचिव पदमा सहसचिव सुदर्शन खड्काको बढुवा भएको छ । संसद् सेवामा ५१ सालमा प्रवेश गरेका सहसचिव खड्का पछिल्लो समय राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सचिवका रुपमा कार्यरत थिए ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा रहेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार उनी सचिवमा बढुवा भएका हुन् । सङ्घीय संसद् सेवाको महासचिवमा डा भरतराज गौतमको नियुक्ति भएसँगै सङ्घीय संसद् सेवाका दुईमध्ये एक सचिव पद रिक्त थियो ।

यसअघि सचिव खड्कासँग प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समिति र राज्यव्यवस्था तथा सुशासन समितिको सचिवका रुपमा समेत काम गरेको अनुभव छ ।