देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

युवाहरुमाथिको दमन बन्द गर्न काँग्रेस सांसद डा. संग्रौलाको चेतावनी

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ एवं सांसद डा. डिला संग्रौला पन्तले युवाहरुमाथिको दमन बन्द गर्न भन्दै १० अर्बको हिसाब सार्वजनिक गर्न सरकारलाई चेतावनी दिएकी छन् ।

अहिले स्वस्फुर्तरुपमा देशभर युवाहरुले गरिरहेका प्रदर्शनमा सरकारले दमन गरेको प्रति लक्षित गर्दै सांसद संग्रौलाले नेपाली जनता चुप लागेर नबस्ने भन्दै आफ्ना कमजोरी नसच्याए पछुताउनु पर्ने सुझाव दिएकी छन् । सामाजिक संजालमा टिप्पणी गर्दै उनले भनेकी छन् – ‘सरकार आफ्ना कमीकमजोरी लुकाउन हर प्रयत्नशील देखिन्छ ।

बास्तबिकरुपमा जनताले उठाएका कुराहरुलाइ गल्ती स्वीकार गरि अगाडि बढनुको सटटा आफै मैमत्त भै सडकमा स्वतह स्फुर्त रुपमा उर्लिएको जन लहरलाई दबाउने गर्दै छ । यो निभ्ने बेलाको बत्ती जस्तै भएको छ ।

खवर्दार सरकार ! आफ्ना कमि कमजोरीलाई सच्याउ भस्टाचार छल्न सरकारले सडकमा उर्लिएको हजारौ युवाहरुको आवाजलाई नबुझी उल्टै स्वास्थमन्त्रीले राजनितीको संज्ञा दिदै जाने हो भने नेपाली जनता अब चुपलागेर बस्दैनन, खबर्दार सरकार ! पछुताउनु पर्ला । युवाहरुमाथिको दमन शोषण बन्द गर । दस अरबको हिसाब किताब सार्बजनिक गर ।’