देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा मनसुन भित्रियो, पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना

देशान्तर

काठमाडौं । नेपालमा यसवर्ष दुईदिन डिलो गरी मनसुन भित्रिएको छ । सामान्यतया जुन १० मा मनसुन भित्रिने गरेपनि यस वर्ष भने दुईदिन ढिलो जुन १२ मा मनसुन भित्रिएको हो ।

अहिले नेपालको पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेको र त्यहाँ ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा अरु ठाउँमा भने बिस्तारै मनसुन प्रवेश गर्ने छ । देशका पहाडी क्षेत्रमा ठूलो वर्षाको पूर्वानुमान गरिएको छ ।

यस्तो छ दुई दिनको पूर्वानुमान :-

जेठ ३१ गते (शनिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ।पहाडि भूभागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।

जेठ ३२ गते (आइतबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।

रातीः देशभर सामान्य देखि पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ। प्रदेश १ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।