देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकी प्रदेशमा एक बालकसहित ५ जना कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडाैँ । गण्डकी प्रदेशमा शनिबार एक बालक सहित ५ जना कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेशमा पर्वतको कुस्मा नगरपालिकाका ६ बर्षिय बालक सहित ४ जना र नवलपरासी जिल्लाको सुस्ता पुर्व जिल्लामा एक जना गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीका ६ बर्षिय बालक, सोही ठाउँकी १७ बर्षिया महिलामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै पर्वतकै जलजला गाउँपालिका वडा नं १ बाँसखर्कका १७ बर्षिय पुरुष तथा महाशिला गाउँपालिका वडा नं ५ लुंखु घर भएका १६ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको क्षेत्रिय स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिए ।

पर्वतमा थपिएका सबै संक्रमितहरु भारतबाट आई कुस्मा स्थित क्वारेन्टाईनमा बसिरहेका र स्वास्थ्य अबस्था सामान्य रहेको छ। उनीहरुलाई कुस्माको गुप्तेश्वर क्याम्पसमा बनाइएको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा भर्ना गर्ने तयारी भैरहेको छ । यसैगरी साथै गण्डकी प्रदेशमै नवलपरासी जिल्ला बर्दघाट सुस्तापुर्व जिल्लाको मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका ४५ बर्षिय पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।