देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतबाट आएकी महिलाले क्वारेन्टाइनमै जन्माइन् शिशु

देशान्तर

झिमरुक । प्युठानको एक क्वारेन्टाइनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छिन् । नौवहिनी गाउँपालिका-७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गएराति शिशुलाई जन्म दिएकी हुन् ।

श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टाइनमा बस्नुभएका सरस्वतीले गएराति १ क्वारेन्टाइनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद पौडेलले जानकारी दिए । उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडिटी गरिने जनाइएको छ ।