नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा मध्यान्ह साढे १२ बजे बैठक बोलाइएको हो ।
संसदमा आज हुने संविधान संशोधनका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।
संसद् बैठक दिउँसो १ बजे बस्दै छ ।
आजै लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटर जारी गरेका नक्सा अनुसार निशान छाप संशोधन गर्नका लागि पेश भएको संविधान संशोधन प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।





प्रतिक्रिया