देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसदको ऐतिहासिक निर्णय : संविधान संशोधन विधेयक दुई तिहाई बढी मतले पारित

देशान्तर

काठमाडौं । नेपालको संविधानको दोस्रो संशोधन विधेयक दुई तिहाई बढी बहुमतले पारित भएको छ । शनिबार बसेको प्रतिनिधीसभाको बैठकले भारतले अतिक्रमण गरेका भूमि समेटिएको नेपालको नयाँ नक्सा संविधानको अनुसूचीमा राख्न सरकारले ल्याएको संशोधन प्रस्ताव दुई तिहाई बढी बहुमतले पारित गरेको हो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुई तिहाई भन्दा बढी मतले पारित गर्यो । नेपालको संविधान दोस्रो संशोधन विधेयकको पक्षमा २५८ मत परेको छ । यो प्रतिनिधिसभाको कुल संख्या २७५ को दुई तिहाइ भन्दा बढी मत हो । संविधान संशोधनको विपक्षमा शून्य मत परेको छ ।

भारतीय अतिक्रमणमा परेका दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले जेठ ७ गते नक्सा जारी गरेर आफ्नो नक्सामा राखेको थियो । नेपालले अध्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापभित्रको नक्सामा राख्नका लागि संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो ।

उक्त विधेयक जेठ ९ गते संघीय संसद प्रतिनिधिसभामा दर्ता गरिएको थियो । जुन विधेयक जेठ १९ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो । भारतले लिपुलेक भएर मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालले नक्सा जारी गरे