देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्वारेन्टिनमा बसेका १८ वर्षीय युवकको मृत्युु

देशान्तर

प्युठान । प्यूठानको माण्डवी गाउँपालिका-४ उदयपुरकोटका क्वारेन्टिनमा बसेका १८ वर्षीय युवकको आज बिहान मृत्यु भएको छ ।

उनलाई दुई दिनदेखि टाउको दुख्ने, बान्ता गर्ने र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए ।

रोजगारीका लागि भारत गएका युवक केही दिनअघि भारतबाट फर्किएर दाङको बङ्गलाचुली गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । क्वारेन्टिनमा मृतकसँगै रहेका १३१ जनाको पिसिआरका लागि स्वाव सङ्कलन गरी पठाइएको थियो ।

यसमध्ये आज ५२ जनाको रिपोर्ट आए पनि मृतक युवकको भने रिपोर्ट नआएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्त जिसीले जानकारी दिए ।