कोरोना भाइरस संक्रमणको केन्द्र बनेको बाँकेको नरैनापुर क्वारेन्टीनमा रहेका सबै जना संक्रमणमुक्त भएका छन् ।
संक्रमित १ सय १८ जनामध्ये १ सय १७ जना निको भई घर फर्किएका हुन । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले १ सय १७ जनाकै परीक्षण नेगेटिभ आएपछि उनीहरु घर फर्किएको जानकारी दिए ।
एक जनाको भने क्वारेन्टीनमा मृत्यु भएको थियो । रोजगारीका लागि भारत पुगेका धेरै नेपालीहरू लकडाउनको बीचमा घर फर्किएपछि नरैनापुरमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
क्वारेन्टिनमा रहेका १ सय १७ जना र एक प्रहरीमा संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरेर त्यहाँ सेना परिचालन गरिएको थियो । सेना परिचालनपछि त्यहाँको अवस्था फेरिएको थियो ।
पछिल्लो समय भारतबाट आउने मानिसको सङ्ख्यामा कमी आएको र नरैनापुरमा नयाँ सङ्क्रमित नभेटिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
हाल नरैनापुरको क्वारन्टीनमा एक सयको हाराहारीमा मानिसहरू रहेका छन । उनीहरुमा कोरोना संक्रमण देखिएको छैन ।





प्रतिक्रिया