काठमाडौँ । नेपालमा कोराना परीक्षणको दायरा बढाउन थप २५ थान पीसीआर मेसिन ल्याउने तयारी भएको छ । दैनिक १२ हजारको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित २५ थान पीसीआर मेसिन आयात गर्ने जिम्मा दिइएको छ ।
सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पीसीआर मेसिन र १० थान पोर्टेबल पीसीआर मेसिन आयात गर्न लागेको हो । चीनबाट आयात गर्ने लागिएको ती सामानहरू सात दिनभित्रै काठमाडौँ आइपुग्ने बताइएको छ ।
उक्त मेसिनले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्ने र एक घण्टाभित्रै रिपोर्ट दिने जनाइएको छ । करिब ३० करोडबराबरको मेडिकल सामग्री आयात गर्न लागिएको हो । आयात गर्न लागिएको सामग्रीमा एक लाख थान आरएनए किट, एक लाख थान पीसीआर किट र तीन लाख थान भीटीएमसमेत रहेका छन् ।





प्रतिक्रिया