देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं । कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्तिमार्फत कर्णाली प्रदेशमा आज थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

सुर्खेत अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरेको परीक्षणमा ५० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नयाँ थपिएका संक्रमितमध्ये ३७ जना दैलेख र १५ जना सुर्खेत का हुन् । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ९६७ पुगेको छ ।