काठमाडौं । आइतबार थप ६१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।
योसहित निको हुनेको संख्या ९७४ पुगेको छ। जसमध्ये ८७७ र ९७ महिला रहेका छन्। नयाँ डिस्चार्ज हुनेमा ५५ पुरुष र ६ जना महिला रहेको मन्त्रालयलले जनाएको छ। रेड जोनमा ४५८ जना रहेका छन्।





प्रतिक्रिया