देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कपिलवस्तुमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ,संक्रमितको संख्या ६ सय ४६ पुग्यो

देशान्तर

कपिलवस्तु, । कपिलवस्तुमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा पुगेको स्वास्थ्य कार्यालय, कपिलवस्तुले जानकारी गराएको छ ।

थपिएका संक्रमितहरुमा वाडगंगा नगरपालिकाका वडा नम्बर २ का वर्ष २० का १ जना पुरुष, वडा नम्बर ३ का वर्ष २२,२४ का २ पुरुष, वडा नम्बर ४ का वर्ष ४०,४१ का २ जना पुरुष, वडा नम्बर १० का वर्ष १९,२५,३५ का ३ पुरुष र वडा नम्बर ११ का वर्ष २१ का १ जना पुरुष गरी कुल ९ जना रहेका छन् ।

यसैगरी विजयनगर गाउँपालिका वडा नम्बर १ का २१,२९ वर्ष का २ जना पुरुष र वडा नम्बर ३ का वर्ष २६ का पुरुष १ जना गरी ३ जना संक्रमित थपिएका छन् । संक्रमण देखिएका सबैको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौँमा परीक्षण गरिएको हो ।