काठमाडौं . ओमानबाट आएका १६६ यात्रु काठमाडौं आइपुगका छन्। सोमबार १६६ यात्रु लिएर सलाम एयर पौने २ बजे काठमाडौं अवतरण गरेको नेपाल उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
कोरोना भाइरस ९कोभिड(१९०का कारण ओमानमा अप्ठ्यारोमा परेका यात्रुलाई नेपाल ल्याइएको हो। उनीहरुलाई ल्याउन नेपाल सरकार सरकारले पहल गरे पनि ओमान सरकारले आफ्नै खर्चमा नेपाल पठाएको हो। सलामले प्रति यात्रु ३६ हजार रुपैयाँमा उडान गरेको हो।
यो भाडा नेपाल सरकारले तय गरेको भन्दा झन्डै ८ हजार रुपैयाँ कम हो। नेपाल एयरलाइन्सको लागि ४४ हजार र हिमालयन एयरलाइन्सका लागि सरकारले झन्डै ४८ हजार रुपैयाँ भाडा कायम गरेको थियो। तर सलाम एयरले सस्तोमा नेपालीलाई काठमाडौं ल्याएको छ।
सरकारले यसअघि पनि विभिन्न देशमा अलपत्र परेका कामदार नेपाल ल्याएको थियो। ओमानबाट नेपाल फर्किन चाहने नेपालीहरुको संख्या करिब ६ सय रहेको छ। ओमानबाट अर्को उडान बिहीबार हुनेछ





प्रतिक्रिया