देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल प्रहरीका ३६ एसपीको सरुवा (सूचीसहित)

देशान्तर

प्रहरी प्रधान कार्यालयले गएराति ३६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सरुवामा १६ वटा जिल्लाका प्रहरी प्रमुखसमेत परेका छन् ।

एक वर्ष कार्यअवधि पूरा भएका जिल्ला प्रहरी प्रमुखहरुको सरुवा गरिएको हो । सरुवा अनुसार, भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधानको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ । इलाममा नविनराज राई, कविलवस्तुमा नवराज अधिकारी, गोरखामा सुरेन्द्रबहादुर गुरुङ, उदयपुरमा भिमबहादुर दाहाल, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, मोरङमा सन्तोष खड्का, कास्कीमा जीवनकुमार श्रेष्ठ, महोत्तरीमा टिका केसी, सिराहामा उमाशंकर पञ्जियार र बाँकेमा ओमबहादुर राणालाई जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

यसैगरी, डोटीमा जनकराज पाण्डेय, पूर्वी नवलपरासीमा दिपक रेग्मी, पाल्पामा दिपकराज खरेल, तनहुँमा अरुण पौडेल र धनकुटामा गोविन्द अधिकारीलाई प्रहरी प्रमुख बनाइएको छ ।