काठमाडौं । काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाभित्रका लागि जुनसुकै निकायबाट जारी गरिएको सवारी पासहरु मंगलबार रद्द गरिएको छ ।
यात्राका लागि जोर बिजोर प्रणाली पूर्ण रुपमा पालना गर्नुपर्ने ट्राफिक महाशाखाले जनाएको छ । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले मोटरसाइकललगायत चार पांग्रे सवारीमा पनि जोर विजोर प्रणाली लागू गरिएको जानकारी दिए।
उजले भने, ‘माथिको आदेशअनुसार मोटरसाइकलमा एक जना मात्रै सवार हुन पाइन्छ । यदि दुई जना सवार भएको पाइएमा कारबाही हुन्छ । ’काठमाडौँ उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौँ आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने पासहरु ९छोटो अवधिका० भने यथावत रहने गृह मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया