देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल एयरलाइन्सको दुबई र दोहा उडान स्थगित

देशान्तर

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को पूर्वनिर्धारित तालिका अनुसार मंगलबार हुने भनिएको दुबई र दोहा गन्तव्यको चार्टर्ड उडान स्थगित भएको छ । निगमले दुबै उडान रद्दबारे मंगलबार बिहान विमानस्थललाई अवगत गराएको थियो ।

निगमको सोमबार मलेसिया र माल्दिभ्सको उडान पनि स्थगित भएको थियो । निगमको वाइड बडी जहाजले जुन १४ तारिखमा बङ्गलादेशको ढाकाबाट उद्धार उडान गरी २५८ नेपाली ल्याएको थियो । निगमले जुन १४ देखि २५ सम्म चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।