काठमाडौंं । तराई विकास तथा सञ्चार केन्द्र, नेपालको आयोजना तथा काठमाडौ महानगरपालिकाको सहकार्यमा भएको “मानवीय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक” कार्यक्रम गत शनिवार सम्पन्न भयो ।
महासंघका केन्द्रीय सदस्य तथा सञ्चार केन्द्रका अध्यक्ष गोविन्द चौलागाईले मानवीय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक” कार्यक्रमलाई प्रस्ट्याउँदै ओम समाज डेन्टल हस्पिटलका बरिस्ठ दन्त्य चिकित्सक डा. सुवाष घिमिरे लगाएत संस्था प्रति आभार प्रकट गरे भने सोही अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले ओम समाज डेन्टलले यस्तो कोरोनाको महामारीमा पनि आफ्नो पेशागत मर्यादा निर्वाह गर्दै सदैब सामाजिक कार्यमा समर्पित ओम समाज डेन्टल हस्पिटलका कार्यको उच्च मूल्यांकन गर्दै सबैलाई मुख स्वस्थ मा जोडदिन आग्रह गरेका थिए । यसै कार्यक्रममा ओम समाज डेन्टल हस्पिटलका सामाजिक कार्यको उच्च मूल्यांकन गर्दै यस्तो प्रसंसनिय कार्य गरेवापत सञ्चारकेन्द्रको तर्फबाट सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा डा. घिमिरेले दाँत र मुख सफा भए ९० प्रतिशत रोग नलाग्ने बताए । उनले कोरोना भाइरसबाट सुरक्षित रहन नियमित आठ अचुक उपायहरु योग, खानपान, तनाव नलिने नियमित प्राकृतिक घाममा बस्ने ,सामाजिक दुरी कायम, दाँतको सरसफाईमा ध्यान दिनुपर्ने लगाएत उपायहरु बताए ।
कार्यक्रममा बोल्दै ओम समाज डेन्टल अस्पतालका बरिस्ठ दन्त्य चिकित्सक डा।सुवास घिमिरेले यतिखेर मुलुक बन्दाबन्दीको अवस्था बाट गुज्रिएर यो अबस्थामा छ । विश्वव्यावपी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड१९०को उच्च जोखिमका बीचपनि यस ओम समाज डेन्टल हस्पिटल आफ्नो पेशागत मर्यादा निर्वाह गर्ने क्रममा सकेसम्म आफु सुरक्षित रही काठमाडौँ उपत्यकामा रहेका असक्त, वृद्ध बृद्धा, तथा अन्य रोगी जसका लागि हस्पिटल आउन सम्भब छैन त्यस्ता बर्गलाई लक्षित गर्दै यो विषम परिस्थितिमा पनि उच्च मनोबलका साथ सामाजिक कार्यको थालनी गर्दै घर घरमा नि स्शुल्क दन्त सेवा कार्यक्रम सुरु गर्दै जाने क्रममा पछिल्ला दिनहरुमा अग्रपन्तीमा रहेर समाचार सम्प्रेषणको लागि अहोरात्र खटिरहेने सञ्चारकर्मीलाई पनि लक्षित गर्दै सञ्चार केन्द्र नेपालको आयोजनामा निस्शुल्क दन्त सेवा कार्यक्रम थप गर्दै यहाँसम्म आइपुगेका छौ ।
हामीले शरीर कमजोर भएका, अशक्त, बुढा बुढी, क्यान्सर पीडित, मुटु र अन्य शाररिक जोखिम भएकाहरु धेरै भिड भाडमा जाँदा र अस्पतालमा गई आफ्नो पालो पर्खिएर बस्नुपर्दा उहाँहरुमा रोग संक्रमणको जोखिम झनै बड्ने देखियो । त्यसैले त्यस्ता व्यक्तिहरुलाई संक्रमणको जोखिम बड्न नदिन, हामी दन्त चिकित्सक टोलीहरु आफ्नो सम्पूर्ण सुरक्षाका साथ ती बिरामीहरुलाई घर घरमै गएर उपचार सुरु गरेका हौ ।
हामीले यो लकडाउन अवधिभरि १५० भन्दा बढी संचारकर्मी तथा सर्वसाधारण व्यक्ति ३४९ गरि जम्मा ४९९ जनाको निशुल्क दन्त्य उपचार गरिएको जानकारी दिए ।
हामीले गत वर्ष पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका बिभिन्न जिल्लाहरु जस्तै रामेछाप,कटारी,सिन्धुपाल्चोक,दोलखा,काभ्रेपलान्चोक लगाएतका बिभिन्न १००४ स्थानमा निस्सुल्क दन्तशिबिर संचालन गर्न सफल भयौ, यातायातको पहुच पुगेको ग्रामिण क्षेत्रका सबै स्थानहरुमा अत्याधुनिक सुबिधा सम्पन्न डेन्टल भ्यान (जस्मा डेन्टलमा प्रयोग हुने सबै सामग्री जडित)को प्रयोग गरि सेवा दिएका थियौ र हामीले निस्सुल्क दन्त्य शिबिरसंगै स(साना बिधार्थीहरुको लागि कसरी ब्रस गर्ने तथा मुख स्वस्थ राख्न के के गर्ने भन्ने बारेमा जानकारी मुलक कार्यक्रमहरु बिभिन्न स्कुलहरुमा संचालन गरिरहेका छौ र आगामी दिनमा यसलाई अझ प्रभाबकारी बनाउने छौ ।
गरिब तथा आर्थिक अबस्था कमजोर भएकालाई निस्शुल्क दन्त्य उपचार अन्तर्गत यस हस्पिटलले लकडाउन हुनु अगाडी चितवनका निरज रानाभाटको निजि अस्पतालले दुई लाख पचास हजार लाग्छ भनेको उपचार हामीले निस्शुल्क शल्यक्रिया सहित निज तथा बिरामी कुरुवालाई खान बस्न लगाएत सम्पूर्ण ब्यबस्था गरेका थियौ । हामीले यस्ता खालका पूर्ण निस्शुल्क उपचार २२१५ जनालाई र आधा रकममा उपचार ७११० जनालाई गरेका थियौ ।
हामी गत वर्ष देखि “जसको दाँत सबल उसको जीबन सफल “भन्ने नारा लिई अघि बढी रहेका छौ यसै अन्तर्गत हामीले गत वर्षदेखी सबै क्षेत्र तथा वर्गको लागि दन्त्य उपचार सहजै रुपमा पुर्याउने उद्देश्यका साथ हामीले बिभिन्न संघ संस्थासंग सहकार्यमा जोड दिंदै पिडित व्यक्तिलाई सरल उपचारको लागि उक्त संघ संस्थाको सिफारिस पत्रको आधारमा बिरामीलाई उपचार खर्चमा छुटको ब्यबस्था गरि उपचार गर्ने कार्य गरियो ।
अब लक डाउनपछि यस अस्पतालले स्थलगत रिर्पोटिंग गर्ने पत्रकार तथा कोरोनाबाट पिडामा परेका समुदाय वर्गलाई लक्षित गर्दै मुख स्वस्थ उपचार राहत कार्यक्रम अघि सारेको जानकारी दिए ।
कार्यक्रममा काठमाडौंका जिल्ला प्रमुख अधिकारी जनकराज दाहालले यस्तो परिस्थितिमा ओम समाज डेन्टल हस्पिटलले गरेको सामाजिक कार्यको उच्च मूल्यांकन गर्दै सामाजिक दुरी कायम लगायत् सरसफाई राख्न सकेमात्र कोरोना भाइरसबाट बच्न सकिने बताए ।





प्रतिक्रिया