देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

देशान्तर

बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैजनाथ गाउँपालिका ६ की ४६ वर्षिय महिलाको उपचारका क्रममा सोमबार साँझ साढे ६ बजे अस्पतालमा मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले मृत्यु भएकी महिलामा कोरोना देखिएको पुष्टि गरे । ‘कोहलपुर मेडिकल कलेजमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएको छ’ उनले भने, ‘मंगलबार राति आठ बजेमात्र रिपोर्ट आएको थियो । शवको व्यवस्थापन बुधबार हुनेछ ।’

उनको सोमबार दिउँसो कोरोना परीक्षणको लागि स्वाब संकलन गरेर भेरी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

अस्पतालमा मृतक महिला गत जेठ ३० गते भर्ना भएकी थिइन् । दायाँ फोक्सोमा समस्या देखिएपछि महिला अस्पताल भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।