देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदूरपश्चिममा एक साताभित्र २६५ संक्रमित थपिए

देशान्तर

काठमाडौ । सुदूरपश्चिम प्रदेशमा एक साताभित्र दुई सय ६५ जना कोरोना संक्रमित थपिएका छन् ।

यो अवधीमा प्रादेशिक प्रयोगशाला धनगढीमा एक हजार तीन सय ४३ जनाको आरटि पीसीआर परीक्षण गरिएकोमा दुई सय ६५ जना कोराना भाइरस  ( कोविड–१९ ) बाट संक्रमित भएको पाइएको हो ।

सेती प्रादेशिक अस्पतालले प्रत्येक २४ घण्टामा जारी गरेको विज्ञप्तीअनुसार गत २८ जेठदेखि २ असारसम्म उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । नयाँ थपिएका संक्रमितसँगै प्रदेशमा कुल संक्रमितको संख्या तीन सय ३६ पुगेको छ ।

एक साताको अवधीमा कैलालीमा सबैभन्दा बढी ९५ जना संक्रमित थपिएका छन् । यस्तै कञ्चनपुरमा ६१, डोटीमा ३१, डडेल्धुरामा २७, बैतडीमा २१, बाजुरामा २०, अछाममा ४ र बझाङ्गमा ६ जना थपिएका छन् ।