देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विदेशमा अलपत्र नेपाली लाई सरकारी खर्चमा ल्याऊन सांसदको माग

देशान्तर

काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदहरुले क्वारेन्टिन व्यवस्थापनदेखि विदेशमा अप्ठेरोमा परेका नेपालीको निशुल्क उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको बैठकमा सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवाहरु महामारीका कारण घर फर्किन चाहे पनि भाडा तिर्ने पैसा नहुँदा फर्किन नपाएको बताए । सरकारले रोजगारी नदिएर धकेली धकेली युवाहरुलाई विदेश पठाए पनि रोग र भोकले ग्रस्ता भएकोले उद्दार गर्न नसकेको उनको भनाइ छ ।

सांसद विमला राई पौडेलले घरघरमा जनतालाई सेवा दिने भनेर संघीय व्यवस्था सुरु गरे पनि स्थानीय तहमा निर्माण भएका क्वारेन्टिनको अवस्था दुःखलाग्दो भएको बताइन् । उनले कोभिड—१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० मा महिला तथा बालबालिका मन्त्रालयको सहभागिता हुनुपर्ने माग राखिन् ।

सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा भारतबाट ९० हजार भन्दा बढी नागरिक फर्किएको र प्रत्येक जिल्लामा १० हजारभन्दा बढी व्यक्ति क्वारेन्टिनमा रहेको बताए ।

क्वारेन्टिनमा रहेको हजारौंको परीक्षण हुन नसकेको भन्दै उनीहरुको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्न सांसद कुँवरले माग गरे । सांसद रमेशजंग रायमाझीले मंगलबारे अस्पतालको नाम प्रदेश सरकारले परिवर्तन गरी मदनभण्डारी राखेको प्रति आपत्ति जनाए । उनले मदन भण्डारीको नाममा अस्पताल चाहिने भए सुन्दर हरैचा नगरपालिकामा आफूले जग्गा उपलब्ध गराउने बताए ।

सांसद सुमनराज प्याकुरेलले शम्भु सदाको थुनामा मृत्यु भएको घटनाको छानबिन गर्न माग गरे । सांसद विमला घिमिरेले मकवानपुरको हेटौडामा एक महिलाको ढुंगाले हानेर हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन् । सांसद शारदादेवी भट्टले कैलालीमा क्वारेन्टिनमा भएको बलात्कार घटनाको दोषीलाई कारबाही गर्न माग गरिन् ।